महामन्त्री शर्माको प्रधानमन्त्रीलाई अपिल-रास्वपाको माग अनुसार उच्चस्तरीय छानबिन समिति बनाऔं

गृहमन्त्रीमाथि छानबिन गर्न पनि संसदीय छानबिन समिति बनाऔं
मंगलबार, चैत २७, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को माग अनुसार २०४७ साल यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति बनाउन खुला रुपमै आग्रह गरेका छन्। 

Honor x7 pad

आज महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक रुपमा अपिल गर्दै उच्चस्तरीय स्तरीय छानबिन समिति बनाउन आग्रह हरेका हुन् । महामन्त्री शर्माले सामाजिक सन्जालमार्फत सार्वजनिक रुपमै सो कुराको आग्रह गर्दै गृहमन्त्रीमाथि लागेको आरोपको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नका लागि समेत आग्रह गरेका छन् ।

महामन्त्री शर्माको अपिल -

सम्माननीय @pmo_nepal_लाई सार्वजनिक अपिल!

१) विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर 'उच्चस्तरीय छानबिन समिति' को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ। गठन गरौं ।

२) सहकारी ठगीबारे 'संसदीय छानबिन समिति' गठन गरौं !

रास्वपाले ०४७ देखि सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न आफैं माग गरेपनि महामन्त्री शर्माको दोस्रो बुँदामा सहमति जनाउन पछि हच्केको छ। महामन्त्री शर्मा राजी भएको बुँदामा प्रधानमन्त्री प्रचण्ड स्वयम राजी नहुने देखिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्