Dashain Banner
Dashain Banner

एसिसी प्रिमियर कपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय टोली घोषणा

मंगलबार, चैत २७, २०८०

काठमाडौं । यही अप्रिल १२ देखि सुरु हुने एसिसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। 

ओमानमा अप्रिल १२ शुक्रबारदेखि २१ अप्रिलसम्म आयोजना हुने एसिसी प्रिमियर कपका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। एसिसीले आज १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो।

नेपाली टोलीमा कप्तान रोहित पौडेल , कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव ,अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी छन् ।

समूह 'ए' मा रहेको एसिसी प्रिमियर कपमा नेपालसहित कतार, साउदी अरेबिया,हङकङ र मलेसिया छन् । त्यस्तै समूह 'बी मा यूएई, ओमान, कम्बोडिया र बहराइन छन् ।  दुई समूहबाट शिर्ष दुईमा रहने राष्ट्र सेमिफाइनलमा जानेछन् भने फाइनलको विजेता टोलीले एसिया कपमा सिधै खेल्न पाउनेछ।

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्