आजको दिन सम्झनामा राख्ने बताउँदै राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

मंगलबार, चैत २७, २०८०
honor mob  winter sales

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। सरकारसँग ४० बुँदे माग राखेर आज बिहान राप्रपाले भृकुटीमण्डपबाट सुरु गरेको जुलुसमाथि प्रहरीले बल प्रयोग गरेपछि झडपको अवस्था आएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

Honor x7 pad

अध्यक्ष लिङ्देनले प्रदर्शनपछिको कोणसभामा बोल्दै भने- "गृहमन्त्रीलाई चेतावनी दिएर भन्छु, गृहमन्त्रीका प्रहरीले आज राप्रपामाथि दमन गरेको दिनलाई सम्झनामा राख्नेछौ", आजका दिनदेखि गृहमन्त्रीको राजीनामा माग गर्दै राप्रपाको माग ४० बुँदाबाट ४१ भएको छ। 

शान्तिपूर्ण रुपले आइरहेको जुलुसमाथि प्रहरीले गरेको दमन गलत भएको भन्दै गृहमन्त्रीले आज ठुलो गल्ती गरेको अध्यक्ष लिङ्देनले भने। राप्रपाले आजको भन्दा कडा आन्दोलन गर्ने लिङ्देनले भने।

उक्त झडपमा १ दर्जनबढी कार्यकर्ताहरु घाइते भव्का छन् भने केहिलाई प्रहरीले पक्राउ गरेको छ। छन। उक्त प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा, दर्जनौं राउन्ड अश्रुग्यास र लाठीचार्ज गरेको थियो।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्