राप्रपाको प्रदर्शनमा प्रहरीको लाठीचार्ज, अध्यक्ष लिङ्देन बसे सडकमै

मंगलबार, चैत २७, २०८०
honor mob  winter sales

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) को प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ। भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस निषेधित क्षेत्र सिंहदरबारतर्फ अघि बढेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्न असफल बनेपछि पानीको फोहरा हानेको हो। तितरबितर बनाउन प्रहरीले पानीको फोहरा हान्दा प्रहरी र राप्रपाका कार्यकर्ताबीच झडप भएको छ। 

Honor x7 pad

झडपमा प्रहरीमाथि राप्रपाका नेता कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सडकमै बसेर विरोध जनाइरहेका छन् । 

विभिन्न ४० बँदे माघ राख्दै राप्रपाले सरकारलाई ज्ञापनपत्र बुझाउदै आज शक्ति प्रदर्शन गरेको हो।आजको प्रदर्शनमा राप्रपाका  हजारौं नेता  कार्यकर्ता सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्