संसद बैठक भोलिसम्मका लागि स्थगित

मंगलबार, चैत २७, २०८०
Honor 600 pro

काठमाडौं ।आजको प्रतिनिधि सभा बैठक सुरु भए लगत्तै  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेको भन्दै संसद बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ। 

कांग्रेसले आजदिन सम्मछानबिन समिति गठन गर्नुपर्ने अल्टिमेटम दिएको थियो। तर कांग्रेसको मागलाई सरकारले वास्ता नगरेको भन्दै कांग्रेसले बैठक अवरोध गरेको थियो। 

कांग्रेसको अवरोधपछि  सभामुख देवराज घिमिरेले १५ मिनेटलाई बैठक स्थगित गरेपनि कुनै सहमति नजुट्दा भोलि बस्ने गरि बैठक स्थगित भएको हो।

सभामुख घिमिरेले भोलि बिहान ११ बजे बैठक बस्ने भन्दै सूचना टाँस गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्