सिंहदरबार आउन लागेको राप्रपाको जुलुसमाथि प्रहरीले हान्यो पानीको फोहरा

मंगलबार, चैत २७, २०८०
Honor 600 pro

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) को प्रदर्शनमा प्रहरीले पानीको फोहरा हानेको छ।

भृकुटीमण्डपबाट सुरु भएको जुलुस सिंहदरबारतर्फ जाने क्रममा प्रदर्शनकारीलाई प्रहरीले रोक्न असफल बनेपछि पानीको फोहरा हानेको हो। तितरबितर बनाउन प्रहरीले पानीको फोहरा हानेको हो।

प्रहरीले पानीको फोहरासँगै दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरेको छ। अहिले राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ।

विभिन्न ४० बँदे माघ राख्दै राप्रपाले सरकारलाई ज्ञापनपत्र बुझाउदै आज शक्ति प्रदर्शन गरेको हो।आजको प्रदर्शनमा राप्रपाका हजारौं नेता कार्यकर्ताहरु सहभागी छन् ।

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्