गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनैपर्छ: कांग्रेस

मंगलबार, चैत २७, २०८०
honor mob  winter sales

काठमाडौं ।  नेपाली कांग्रेसको संसदीय दलको बैठकले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनै पर्ने अडान कायम राख्ने निर्णय गरेको छ।

Honor x7 pad

प्रमुख प्रतिपक्ष दलसमेत रहेको कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री मुछिएको घटनामा छानबिन गर्न समिति गठन नगर्नु सरकारले पीडितहरुप्रति गैर जिम्मेवार पन देखाएको आरोप लगाएको छ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरे संसद अवरुद्द गर्ने कांग्रेसले निर्णय गरिसकेको बताए।

कांग्रेसले संसद अवरोध नचाहदा पनि सरकारले उक्त छानबिन समिति नबनाए कांग्रेस बाध्य भएर संसद अवरोध गर्न बाध्य हुँदै थप संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको लेखकले बताए। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्