आज राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, ६ हजार प्रहरी सडकमा

मंगलबार, चैत २७, २०८०
honor mob  winter sales

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। राप्रपाले सरकारले बनाएको निषेधाज्ञा तोड्ने गरि प्रदर्शन गर्ने बताएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Honor x7 pad

दिउँसो भृकुटीमण्डपबाट सुरु हुने  राप्रपाको प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गर्दै जनसभामा परिणत हुने बताइएको छ। विभिन्न ४० बँदे माघ राख्दै राप्रपाले सरकारलाई ज्ञापनपत्र बुझाउदै आज शक्ति प्रदर्शन गर्न लागेको हो। आजको प्रदर्शनमा राप्रपाले ५० हजार बढी नेता कार्यकर्ता उतार्ने बताएको छ।

गणतन्त्र र धर्मनिरपेक्षता लगायत अन्य कार्यको विरोधमा       राप्रपा अध्यक्ष  राजेन्द्र लिङ्देनको नेतृत्वमा ११ बजेदेखि  सुरु हुने प्रदर्शनमा निषेधाज्ञा तोड्ने   सम्भावना बढी छ।

उक्त प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा ६ हजार प्रहरीलाई सडकमा खटाइएको  छ। राप्रपाको प्रदर्शनमा देशभरका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु काठमाडौं आएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्