आज प्रतिनिधि सभा बैठक, के गर्छ कांग्रेस ?

मंगलबार, चैत २७, २०८०
honor mob  winter sales

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ।नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडानकाबीच आज  प्रतिनिधि सभा बैठक बस्न लागेको हो।  बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ ।

Honor x7 pad

कांग्रेसले आज संसद अवरोध नगरे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौय गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

हिजो सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा पनि कांग्रेसले आफ्नो अडान दोहोराएको थियो ।आजबाट शुरु हुने संसद बैठकलाई सुचारु गराउन सोमबार राखेको प्रमुख चार दलको बैठकमा कांग्रेसले सो अडान राखेको थियो । 

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने माग गर्दा सरकार मान्न तयार नभएकाले आजबाट संसद्को कुनै पनि गतिविधि अवरुद्ध भए त्यसको जिम्मेवार सरकारले लिनुपर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले  बताएका छन् । 

यसअघि गृहमन्त्री  सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गरिसकेको छ । 

यता, सत्तारुढ एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने मिथ्या आरोपको भन्दै छानबिन समिति बनाउन नसकिने बताउँदै आएका छन् । तर आज कांग्रेसले बैठक बस्न दिन्छ वा दिदैन त्यो हेर्न बाँकि छ।

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्