टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

सोमबार, चैत २६, २०८०
honor mob  winter sales

काठमाडौं । आगामी टी-२०विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ।

Honor x7 pad

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमकाबीच नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।नेपाल क्रिकेट संघ (क्यान )ले आयोजना गरेको कार्यक्रममा खेलकुदमन्त्री श्रेष्ठ र नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

नयाँ जर्सीको तल सगरमाथा र गैंडा छ भने त्यस्को रङ रातो, हल्का मधुरो र सेतो रहेको छ। जर्सीको बीचमा नेपाल लेखिएको छ। त्यस्को रङ निलो छ भने नेपाल पहेलो रङमा लेखिएको छ। जर्सीको माथि दायाँतर्फ टी-२० विश्वकप बायाँतर्फ क्यानको लोगो अंकित छ। जर्सीको बाहुलाको दायाँबायाँ नेपालको राष्ट्रिय झण्डा राखिएको छ। जर्सीको घाँटीमा रातो रङ राखिएको छ।

जर्सीको पछाडिको आधा भन्दा बढी भाग निलो छ। जर्सीको पछाडिको सबैभन्दा माथि खेलाडीको नाम र नम्बर राखिएको छ।जर्सीको सबैभन्दा तल सगरमाथा मात्रै अंकित गरिएको छ।

पुरानै जर्सीमा खेलिरहेको नेपाली टोलीका लागि आगामी जेठमा अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुन लागेको टी-२० विश्वकपका लागि जर्सी परिवर्तन गरिएको हो।  नेपाल रहेको समूह डी मा श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्स छन। अन्य राष्ट्र नेपाली टोलीका लागि नयाँ भएपनि नेदरल्यान्ड्ससँग नेपालले धेरै पटक खेलिसकेको छ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्