नयाँ वर्षका दिन बाँकेको कम्दी र त्रिभुवन चोकमा गगन थापाले 'जनतासँग संवाद' गर्दै

सोमबार, चैत २६, २०८०
honor mob  winter sales

बाँके  । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ ले कांग्रेस महामन्त्री गगन थापाकाबीचमा जनतासँग संवाद कार्यक्रम गर्ने भएको छ । आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले नव बर्ष २०८१ बैशाख १ गते जनतासंग संवाद कार्यक्रम गर्ने निर्णय गरेको हो ।

Honor x7 pad

जनतासँग संवाद कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चौक र डुडुवा गाउँपालिकाको कम्दीस्थित मिलन चौकमा गर्ने निर्णय भएको क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताए । दुबै कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनतासंग संवाद गर्ने गुप्ताले जानकारी दिए ।

बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रियसभा सदस्य युवराज शर्मा, नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, सचिव शुधांसु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, नेपाली कांग्रेसका नेताहरू सुनिल नरसिंह राणा, राजकुमार बर्मा, सुदिप नरसिंह राणा, जितेन्द्रबहादुर हमाल लगायतले जनतासंग संवाद कार्यक्रमलाई भब्यरूपमा सफल बनाउन सबै पार्टी पंक्ति लाग्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्