नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरी पदमुक्त

सोमबार, चैत २६, २०८०
Honor 600 pro

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरी पदमुक्त भएकी छिन् । सभामुख भीम भण्डारीले  नाउपाकी समानुपातिक सांसद गिरीको पदमुक्त भएको सूचना आज दिउँसो टाँसेका  हुन् ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले गिरीलाई समानुपातिक सांसदबाट फिर्ता बोलाएको पत्र प्रदेश सभामा दर्ता गराएपछि सभामुखले गिरीलाई पदमुक्त गरेका हुन् ।सभामुख भीम भण्डारीले  नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको भन्दै  सूचना टाँसेका हुन् ।

नाउपाका संस्थापक रेशम चौधरी पक्षकी गिरीलाई श्रेष्ठले सरकारलाई समर्थन गर्ने विषयकै कारण समानुपातिक सांसदबाट हटाउन पत्र लेखिकि हुन् ।

 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्