कांग्रेसले अडान लिएपछि जुटेन सभामुखले बोलाएको बैठकबाट सहमति

सोमबार, चैत २६, २०८०
honor mob  winter sales

काठमाडौं । सभामुख देवराज घिमिरेसहित बसेको शिर्ष चार दलका नेताबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ।

Honor x7 pad

सभामुख घिमिरेले संसद अवरोध खुलाउनेबारेमा छलफल गर्न आज दिउँसो सिंहदरबारमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेलाई बोलाएका थिए।

तर, कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नै पर्ने अडानबाट पछि नहटेपछि बैठक बिना निष्कर्ष सकिएको हो।

कांग्रेसले मंगलबारसम्म संसदीय छानबिन समिति गठन नगरे संसद अवरोध गर्ने बताएपछि सत्ता गठबन्धन आत्तिएपछि सभामुखले शिर्ष चार दलका नेतालाई छलफलमा बोलाएका थिए। आज बिहानै कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उक्त अडान कायमै राख्ने निर्णय गरिसकेको छ।

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्