वीरगन्जको नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, दुई जना पक्राउ

सोमबार, चैत २६, २०८०
Honor 600 pro

पर्सा। पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मेडिकल कलेजमा छापा मार्दै दुई जनालाई पक्राउ गरेको छ।

नेशलन मेडिकल कलेजमा म्याद सकिएको सामाग्री प्रयोग गर्ने निवेदन परेपछि प्रहरीले केही समय लगाएर गरेको अनुसन्धान पश्चात् आज दिउँसो  छापा मार्दै त्यहाबाट म्याद नाघेको सामाग्रीसमेत बरामद गरेको पर्सा प्रहरीले जानकारी दिएको छ।

प्रहरीले नेशनल मेडिकल कलेजका एमडी सहनवाज अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्