कोशी सरकारबाट बाहिरियो माओवादी , सरकारलाई दिएको समर्थन फिर्ता

सोमबार, चैत २६, २०८०
Honor 600 pro

विराटनगर । कोशी सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। माओवादी कोशीबाट बाहिरिदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको  छ।

आज नेकपा माओवादी केन्द्र कोशी संसदीय दलको बैठकले कोशी सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। आजै माओवादीका मन्त्रीहरुले राजीनामामा दिने भएका छन्।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बहुमतको दाबी आजै गर्ने र प्रदेश प्रमुखसँग विशेष अधिवेशन आह्वानका निवेदन दिने बताएका छन् ।

कोशी सरकारमा माओवादीबाट राजेन्द्र कार्की, गणेश उप्रेती र नारायण बुर्जामगर मन्त्री थिए। 

 

 

 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्