कांग्रेसले भन्यो- 'संसदीय छानबिन समिति गठन हाम्रो 'बटमलाइन' हो'

सोमबार, चैत २६, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन लागि संसदीय छानबिन समिति गठनको अडान कायमै राख्ने जनाएको छ।

Honor x7 pad

आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टी पदाधिकारी तथा पूूर्वपदाधिकारीको बैठकले छानबिन समिति गठनलाई बटमलाइन बनाएको महामन्त्री गगन थापाले बताए। 

कांग्रेसले मंगलबारसम्म संसदीय छानबिन समिति गठनब्गर्न अल्टिमेटम दिइसकेको हुँदा अब पछाडि नहट्ने महामन्त्री थापाले भने।

त्यस्तै भोलि बिहान कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेर अरु पनि निर्णय गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। यसअघि कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाबारे प्रधानमन्त्री ज्युले कुरा राखिसकेकाले अब गृहमन्त्रीको कुरा सुन्नुको कुन अर्थ नरहेको लेखकले भने।

सरकार एउटै रहेकाले सबै मन्त्रीको प्रमुख प्रधानमन्त्री ज्युले कुरा राखिसकेकाले गृहमन्त्रीले संसदमा कुरा राख्ने हास्यास्पद रहेको उनले बताए। साथै लेखकले कांग्रेसले प्रधानमन्त्रीको कुरा चित्त नबुझेर संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेको बताए। कांग्रेस अब निकै कडाइका साथ प्रस्तुत हुने प्रमुख सचेतक लेखकले बताए।

 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्