संसद अवरोध हटाउनेबारे छलफल गर्न सभामुखले बोलाए ४ दलका शीर्ष नेता

सोमबार, चैत २६, २०८०
honor mob  winter sales

काठमाडौं । सभामुख देवराज घिमिरेले चार दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । संसद अवरोध खुलाउने विषयमा आज दिउँसो २ बजे सिंहदरबारमा सभामुख घिमिरेले नेपाली कांग्रेस , नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।

Honor x7 pad

सोही बारेमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाएका हुन् । 

यसअघि १० बजे गर्ने भनिएको छलफल माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड चितवन गएका कारण दिउँसो २ बजेलाई सारिएको हो।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपको छानबिन गर्न मंगलबारसम्म संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। सरकारले उक्त समिति नबनाए संसद अवरुद्द गर्ने कांग्रेसले जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्