भद्रकालीमा बौद्ध भिक्षुलाई लाठी बुट वर्षाउने प्रहरीमाथि विभागीय कारबाही

सोमबार, चैत २६, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको भद्रकालीमा हिंडिरहेका  बौद्ध भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि  कारबाही अगाडि बढाइएको छ। 

Honor x7 pad

शनिबार भद्रकालीमा राजेन्द्र महतोको राष्ट्रिय क्रान्ति अभियानले प्रदर्शन गर्दा प्रहरीसँँगको झडपको क्रममा पैदल हिडिरहेका दुई बौद्ध भिक्षुमाथि लाठी र बुट प्रहार गर्ने प्रहरीलाई विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रधान कार्यालय जनाएको छ।

झडपका क्रममा बाटोमा हिडिरहेका भिक्षुमाथि प्रहरीले गरेको दुर्व्यवहार भएर आलोचना भएपछि प्रहरीले छानबिन सुरु गरेको थियो। 

उक्त तस्बिर र भिडिओ सामाजिक सन्जालमा भाइरल भएर  ज्यादतीको चौतर्फी आलोचना भएपछि प्रहरी प्रधान कार्यालय कारवाही प्रक्रिया अगाडि बढाएको बताएको छ।

प्रहरी प्रधान कार्यालय एक सूचना जारी गर्दै उक्त घटना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कारबाही सुरु गरिएको जनाएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्