निषेघित क्षेत्र भन्दै सरकारले रोक्न खोजे कडा प्रतिवादमा उत्रन्छौँ : अध्यक्ष लिङ्देन

आइतबार, चैत २५, २०८०
honor mob  winter sales

काठमाडौं । चैत २७ गते मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ। २७ गते हुने आफ्नो पार्टीको प्रदर्शनका क्रममा सरकारले निषेधित क्षेत्र भन्दै अवरोध गर्न खोजेमा प्रतिवाद गर्दै निषेधित क्षेत्र तोडेर अगाडि बढ्ने राप्रपाले आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

Honor x7 pad

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले कथित रूपमा तोकेका निषेधित क्षेत्रहरू राप्रपालाई मान्य नहुने बताएका छन् । उनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे । उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको बताए । 

अध्यक्ष लिङदेनले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरूलाई साँघुरो बनाउने प्रयत्नहरू राप्रपालाई स्वीकार्य नरहेको बताए। उनले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने स्पष्ट पारे । कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने चेतावनी दिए । 

शनिबारको प्रदर्शनमा राजनीतिक दलहरूको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरूमाथि लात्ती प्रहार गरेको भन्दै भर्त्सना गरे । शनिवार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुकहरूमाथि लात्ती प्रहार गरेको थियो । सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्