एमाले नेता महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै जाहेरी दर्ता

आइतबार, चैत २५, २०८०
honor mob  winter sales

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्द जबरजस्ती करणी (बलात्कार ) र गर्भपात गराएको आरोप लगाउदै  किटानी जाहेरी परेको छ।

Honor x7 pad

एक महिलाले हुलाक कार्यालयमार्फत सरकारी वकिल कार्यालयमा आफुलाई जबरजस्ती करणी भएको भन्दै नेता बस्नेतविरुद्द आरोप लगाउदै किटानी जाहेरी दिएको काठमाडौं प्रहरी परिसर श्रोतले बतायो।

हुलाकमार्फत जाहेरी परेपछि सरकारी वकिल कार्यालयले काठमाडौं प्रहरी परिसरलाई अनुसन्धान गर्न भन्दै जाहेरी पठाएको छ । यता जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी आएको हुँदा अनुसन्धान जाँचबुझ सुरु गर्न लागिएको जनाएको छ।

ती महिलाले यसअघि पनि जबरजस्ती करणी गरेको आरोप लगाउदै जाहेरी दिदा प्रहरीले लिन नमानेपछि उनले हुलाकमार्फत जाहेरी दिएको बताइएको छ। अब प्रहरीले सत्ता गठबन्धनको मुख्य दल एमालेका नेता बस्नेतमाथि कसरी अनुसन्धान अगाडि बढाउछ भन्ने बारेमा हेर्न बाँकि नै छ।

 

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्