भद्रकालीको बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि प्रहरीले वर्षायो लाठी र जुत्ता, 'छानबिन हुन्छ': प्रहरी

आइतबार, चैत २५, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको भद्रकाली अगाडिबाट हिंड्दै गरेका दुई बौद्ध भिक्षुमाथि प्रहरीले गरेको ज्यादतीको चौतर्फी आलोचना भइरहेको छ।

Honor x7 pad

शनिबार भद्रकालीमा राजेन्द्र महतोको राष्ट्रिय क्रान्ति अभियानले प्रदर्शन गर्दा प्रहरीसँँगको झडपको क्रममा पैदल हिडिरहेका बौद्ध भिक्षुमाथि प्रहरीले लाठी र बुट प्रहार गरेको थियो।

हिंड्दै गरेका बौद्ध भिक्षुलाई हिर्काउदै गरेको फोटो र भिडिओ  सार्वजनिक भएपछि प्रहरीको निकै आलोचना भइरहेको छ। झडपका क्रममा आफ्नै तरिकाले बाटोमा हिडिरहेका भिक्षुमाथि प्रहरीले गरेको दुर्व्यवहार भएर आलोचना भएपछि प्रहरीले छानबिन गर्ने भएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त घटनाको छानबिन गरिने    र  दोषी पाइएमा कारबाही गर्ने समेत  जनाएको छ। उक्त प्रदर्शनमा तामाङ मुक्ति बाहिनीका लामा भिक्षुहरु पनि सहभागी भएकाले छुट्टाउन नसक्दा यातो घटना भएको हुन सक्ने जिल्ला प्रहरी परिसरले जनाएको छ।

उक्त झडपका क्रममा ५ जना प्रहरी घाइते भएकोमा एक जना गम्भीर घाइते भएका थिए। प्रहरी प्रदर्शनमा उत्रिएका १० जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाउने तयारी गरेको छ।

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्