गुजरातलाई हराउँदै नेपालले जित्यो एसएमएस फ्रेन्डसिप टी-२० कपको उपाधि

आइतबार, चैत २५, २०८०
honor mob  winter sales

काठमाडौं ।  भारतमा आयोजना भएको एसएमएस फ्रेन्डसिप कप २०२४ टी–२० क्रिकेटको उपाधि नेपालले जितेको छ। नेपालले फाइनलमा गुजरातलाई १८ रनले पराजित गरेको हो।

Honor x7 pad

आज भएको फाइनलमा पहिलो ब्याटिङ गर्दै नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनायो। 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ , आशिफ शेखले ३४, कुशल मल्ल ३१ रन बनाए।

नेपाल यो जितसँगै एसीसी प्रिमियर कप खेल्न भारतबाट सिधै ओमान जाने छ।

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्