नेपाल 'ए' माथि आयरल्यान्डको 'क्लिनस्विप'

आइतबार, चैत २५, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल ए  आयरल्याण्ड ए सँग ६९ रनले पराजित भएको छ। नेपाललाई तीन वटै खेलमा पराजित गर्दै आयरल्यान्ड ए ले क्लिनस्विप गरेको छ।  एक दिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड ए ले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९।.४ ओभरमा अल आउट हुँदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो।

Honor x7 pad

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए। त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५.१५ रन बनाएका थिए। त्यसै गरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए। 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो। आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए।

त्यसै गरी नेपाल ए का बलर रिजन ढकाल र रञ्जित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए। यो जितसँगै आयरल्याण्ड वोल्भ्सले एक दिवसीय सिरिज ३-० ले जितेको छ। यस अघि आयरल्याण्ड एले  टी-२० सिरिज २-१ ले जितेको थियो।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्