गण्डकीमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै कांग्रेसको सर्वोच्च जाने तयारी 

आइतबार, चैत २५, २०८०
Honor 600 pro

पोखरा । नेपाली कांग्रेसले गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्च अदालत जाने तयारी  गरेको छ। त्यस्तै गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै नेपाली काँग्रेसले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पत्रसमेत बुझाएको छ। 

राजीनामा नदिईकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।

नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले नेकपा माओवादीबाट सभामुख बनेकाको समर्थनसहित पेस गरेको दाबीलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए। यस अघि कोसी प्रदेश सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।

सोही आधारमा कांग्रेस गण्डकी प्रदेश संसदीय दल प्रदेश प्रमुखले गरेको नियुक्ति प्रक्रिया गलत भएको भन्दै सर्वोच्चमा जान लागेको हो।

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्