सिरहामा हतियारधारी समूहबाट लुटियो मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ

आइतबार, चैत २५, २०८०
Honor 600 pro

सिरहा । सिरहा सदरमुकाममा हतियार देखाएर मनी ट्रान्सफरको १५ लाख बढी रुपैयाँ लुटपाट भएको छ। आज बिहान ११ बजे सिरहाको विश्वपुरमा रहेको शिव मनी ट्रान्सफरका सन्चालक पुरुषोत्तम यादवले लिएर जाँदै गरेको १५ लाख ५० हजार  रुपैयाँ एक हतियारधारी समूहले लूटेेको हो।

यादवले सदरमुकाममा रहेको ग्लोबल आइएमई बैंकबाट झिकेर लैजादै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका हतियारधारी लूटेराको समूहले पेस्तोल देखाउदै उक्त रकम लूटेेर फरार भएको सिरहा प्रहरीले जानकारी दिएको छ।

नकाब लगाएर पैसा लूटेपाट गरेको हतियारधारी समूह भारततर्फ गएको हुनसक्ने प्रहरीले जनाएको छ।उनीहरुको खोजतलास तिब्र पारिएको सिरहा प्रहरीकै जनाएको छ।  

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्