सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन, केही पक्राउ 

आइतबार, चैत २५, २०८०
Honor 600 pro

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ )ले सिंहदरबार अगाडि प्रदर्शन गरेको छ। वर्तमान सरकारले गरेको बेथिति लगायत शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्ने माग गर्दै आज बिहान सिंहदरबारको दक्षिण गेटमा नेविसंघले प्रदर्शन गरेको हो।

हरेक नेपाली नागरिकको उपचार राज्यले नै गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेको नेविसंघका केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

कार्यालय समय सुरु हुनासाथ प्रदर्शनमा उत्रिएको नेविसंघले अनियमितता र भ्रष्टाचार भएको भन्दै नारावाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्