अबदेखि वरिष्ठ निजामती कर्मचारी मात्रै निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्ने

बुधबार, साउन ३, २०८०
honor mob  winter sales

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा हुने निमित्त प्रमुख प्रशासकीय अधिकृतका लागि नयाँ नियम बनाएको छ। 

Honor x7 pad

मन्त्रालयले अबदेखि बरिष्ठ निजामती कर्मचारी मात्रै स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्न पाउने नियम बनाएको हो।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको अथवा नभएको अवस्थामा वरिष्ठ निजामती कर्मचारीले मात्र निमित्तको  जिम्मेवारी पाउने बनाएको हो।

यसबारेमा मन्त्रालयले  देशभरका स्थानीय तहलाई परिपत्रसमेत गरिसकेको छ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्