बझाङमा १२ जनाको उम्मेदवारी, सत्ता गठनबन्धन छुट्टाछुट्टै चुनावी मैदानमा

शनिबार, चैत २४, २०८०
Honor 600 pro

बझाङ  ।  आगामी वैशाख १५ गते हुने बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (१) को उपनिर्वाचनका लागि आज १२ जनाले उम्मेदवारी दिएका छन् ।

उक्त निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह , जनता समाजवादी( जसपा) बाट रामबहादुर जाग्रीले उम्मेदवारी दिएका हुन्  ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट सुशीलादेवी बिष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) बाट किशोर कुमार खड्का र नेपाली जनता दलबाट अशोक सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै संघीय राष्ट्रिय मन्चका दीपकबहादुर खड्का, राष्ट्रिय मातृभुमि पार्टीमा गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खागेन्द्रबहादुर शाही र नेशनल रिपल्ब्लिक पार्टीका कमल घर्तीमगरले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

बझाङ -१ को प्रदेश सभा १ मा नेपाली कांग्रेसम गत निर्वाचनमा निर्वाचित पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। त्यहा नेपाली कांग्रेसले स्व. सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको हो।

बझाङको निर्वाचनमा सत्ता गठबन्धन दल सरकारमा रहेपनी त्यहा छुट्टाछुट्टै चुनावी मैदानमा छन्।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्