इलाम-२ मा २० जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवार शून्य

शनिबार, चैत २४, २०८०
honor mob  winter sales

इलाम ।  आगामी वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका लागि  २० जना पुरुषले मात्र उम्मेदवारी दर्ता गराएका छन। उक्त क्षेत्रका लागि विभिन्न राजनीतिक दलका १२ र ८ जना स्वतन्त्रले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आज उम्मेदवारी दिएका छन् ।

Honor x7 pad

राजनीतिक दलबाट इलाम-२ का  लागि नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू , राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का लक्ष्मी गुरुङ , नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराएका हुन् । 

इलाम-२ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएइको छैन । माओवादीले एमालेलाई नेम्वाङलाई सघाउने भएको छ।

त्यस्तै पहिचान पक्षधरबाट डकेन्द्र सिंह लिम्बूले उम्मेदवारी दिएका छन् । त्यसैगरि राप्रपा नेपालका गणेशबहादुर चौकान, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्तविक्रम शाह, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनार,नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

स्वतन्त्र उम्मेदवारी दिएकाहरुमा  केशवकुमार चापागाईं, डाकप्रसाद गौतम, अर्जुनबहादुर शाही, दिपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल हुन् ।

मंसिर ४,२०७९ मा सम्पन्न निर्वाचनमा निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत २५ भदौमा निधन भएपछि इलाम-२ मा  उपनिर्वाचन हुन लागेको हो। सोही निर्वाचन क्षेत्रमा स्व.सुवासचन्द्रका छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको हो। 

त्यस्तै नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका  खड्का गत निर्वाचनमा सुवासचन्द्रसँग ११४ मतले पराजित भएका थिए।

 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्