दाङ रुपन्देही सम्पर्क समाजको भित्तेपात्रो विमोचन

शनिबार, चैत २४, २०८०
honor mob  winter sales

बुटवल । दाङमा जन्मथलो भएर विभिन्न पेशा व्यवसाय तथा अस्थायी एंव स्थायीरुपमा रुपन्देही केन्द्र बनाएर बसेका दाङबासीहरुले गठन गरेको दाङ रुपन्देही सम्पर्क समाज रुपन्देहीले शनिवार बुटवलमा आगामी नयाँ वर्ष २०८१ को समाजको नामबाट प्रकाशित गरिएको पहिलो भित्तेपात्रो एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ ।

Honor x7 pad

बुटवलको जितगढी स्थित पाणिनी पार्कमा भित्तेपात्रोको विमोचन गरिएको हो । बुटवलमा झण्डै ३५ बर्षदेखि हालसम्म आएर बसेकाहरुलाई समाजमा जोड्दै लैजाने र जिल्लाभन्दा बाहिर बस्दा समाजको अपनत्व हुने भएकाले सबैलाई समेटेर समाजलाई अब्बल बनाउन लागि पर्दै आएको समाजका अध्यक्ष रेशम वहादुर महराले बताए । उनले भने- 'म बुटवल आउँदा आफुलाई दाङको हुँ भनेर परिचय दिँदा हेप्ने गर्थै, आफुलाई एक्लोपन भएको महशुस हुन्थ्यो अहिले समाज गठनपछि झण्डै ४०-५० जना भेटिनु भयो । म थप खुसी भएको छु । समाजलाई आगामी दिनमा अगाडि बढाउन सबै लाग्नुपर्छ । '

कार्यक्रममा समाजका बरिस्ठ सल्लाहकार झग वहादुर डाँगीले शहरमा रोजगारी र अन्य पेशाले गर्दा गृहजिल्ला बाहिर रुपन्देहीमा बस्दै आएका दाङबासीहरुलाई एकिकृत गरी घरायसी सम्बन्ध जस्तै सामिप्यता गाँस्नुपर्ने भन्दै पारीवारिक सम्बन्ध रहेर बस्न आग्रह गरे । सल्लाहकार डाँगीले जिल्ला बाहिर वसेका कुनैपनि समाजका सदस्या तथा जिल्लाबासीलाई अप्ठ्यारो पर्दा होस् वा कुनै कार्यक्रम गर्दा होस् त्यहाँ पुगेर सहचागिता जनाउनुपर्ने उल्लेख गरे । 

समाजका कोषध्यक्ष एंव भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक प्रविण कुमार वलीले समाजको विधिवत् प्रक्रिया बढेसँगै पहिलो काम भित्तेपात्रो प्रकाशन गर्न सफल भएको भन्दै भित्तेपात्रो प्रकाशनका क्रममा साथ दिने कार्यसमितिका पदाधिकारी एवं विज्ञापन दाताहरुमा हार्दिक ज्ञापन गरेका थिए ।  कार्यक्रममा समाजका सदस्यहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमको सञ्चालन समाजकी सचिव रमा सुवेदीले गरेकी थिइन् ।     

 

 

 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्