भद्रकालीमा राजेन्द्र महतो समूह र प्रहरीबीच झडप, ६ जना घाइते, एक प्रहरीको अवस्था गम्भीर

शनिबार, चैत २४, २०८०
honor mob  winter sales

काठमाडौं । राजेन्द्र महतो समूहको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ। महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रहरीसँग झडप भएको हो।

Honor x7 pad

आज दिउँसो महतो समूह खुलामञ्चमा जाने भनिएको भएपनि भद्रकालीबाट निषेधित क्षेत्र सिंहदरबार जान लाग्दा प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच झडप भएको हो। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले  लाठीचार्ज गरेको हो। 

झडपमा ४ प्रदर्शनकारी र दुई प्रहरी घाइते भएका छन् । घाइते एक प्रहरीको अवस्था गम्भीर रहेको छ।

प्रहरीले लाठीचार्ज गर्दै केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ। महतो नेतृत्वको समूह काठमाडौंको बसन्तपुरमा जम्मा भएर खुलामञ्च कार्यक्रम भएपनि उनीहरुले निषेधित क्षेत्रतर्फ जादा झडप भएको हो।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्