अध्यक्ष भण्डारीलाई धम्की दिएपछि बाँकेका एसपी बोहराको सरुवा, तुल कार्कीको बाँकेमा काज सरुवा

शुक्रबार, चैत २३, २०८०
honor mob  winter sales

काठमाडौं । प्रहरी प्रधान कार्यालयले विवादित बनेका बाँके प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराको  मधेस प्रहरी कार्यालयमा काज सरुवा गरेको छ। पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार लेखेकै भरमा धम्की दिएपछि विभिन्न पत्रकार संगठनको विरोधपछि एसपी बोहराको सरुवा भएको हो।

Honor x7 pad

बाँकेमा प्रहरी प्रधान कार्यालय नक्सालले एसपी तुलबहादुर कार्कीलाई काज सरुवा गरेर पठाएको छ। त्यस्तै नक्सालले अन्य ६ जिल्लाका एसपीहरुको पनि अवधि नपुग्दै काज सरुवा गरेको छ।

नुवाकोटमा शान्तिराज कोइरालाको काज सरुवा गरेको छ। बारामा महेन्द्र खड्का,रौतहटमा दिलीप घिमिरे,सर्लाहीमा रविन्द्र सिंह , महोत्तरीमा नकुल पोखरेल र धनुषामाअ भुवनेश्वर तिवारीको काज सरुवा भएको छ।

यसअघि महोत्तरीमा रहेका एसपी श्याम राईलाई फिर्ता बोलाइएको छ भने सर्लाहीका दयानिधी ज्ञवाली र धनुषाका मित्रबन्धु शर्मालाई फिर्ता बोलाइएको हो।

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्