Dashain Banner
Dashain Banner

नेपाल बरोडासँग ३७ रनले पराजित, फाइलमा गुजरात र नेपालको भिडन्त

शुक्रबार, चैत २३, २०८०

काठमाडौं ।  भारतमा जारी एसएमएस फ्रेन्डसिप कप २०२४ टी–२० क्रिकेट अन्तर्गत नेपाल आज बरोडासँगको खेलमा पराजित भएको छ। लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरिसकेको नेपालले आज लिग चरणको अन्तिम खेल बरोडाविरुद्द खेलेको थियो।

आज भएको खेलमा पहिलो ब्याटिङ गरेको बरोडाले  ८ विकेट गुमाउँदै दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल ३७ रनले पराजित भएको हो। नेपालले १८.५ ओभर खेल्दै सबै विकेट गुमाएर ११९ रन मात्र बनायो।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए। विवेक यादव १७, कुशल भुर्तेल १६ बनाए।

नेपालले यसअघिका दुई खेलमा गुजरातलाई ८ विकेट र ८ रनले पराजित गरेको थियो। त्यस्तै नेपालले बरोडालाई पनि पहिलो खेलमा २७ रनले पराजित गरेको थियो। आज नेपालको कप्तानी गरेका दीपेन्द्रसिंह ऐरीले २ रन मात्र बनाए।

आजको खेलमा कप्तान रोहित पौडेल , विकेट किपर आशिफ शेख, सोमपाल कामी र अभिनाश बोहरालाई फाइनलका लागि आराम दिइएको थियो।

आज नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव ,अनिल साह(किपर), करण केसी, ललित राजवंशी र  आकाश चन्द,गुल्सन झा र प्रतिश जिसीले खेलेका थिए।

आगामी साता ओमानमा एसीसी प्रिमियर कप टी-२० हुँदैछ। उक्त प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्