सिनामंगल पुल नजिक बम लेखिएको पर्चासँगै शङ्कास्पद बस्तु भेटियो

बुधबार, साउन ३, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको सिनामंगल पुल नजिक आज बिहान  शङ्कास्पद वस्तु भेटिएको छ।

Honor x7 pad

पुल नजिक खोटाङ हलेसी ज्वेलर्सकोको सटरमुनि शङ्कास्पद वस्तु फेला परेको काठमाडौं प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शङ्कास्पद वस्तुसँगै एउटा  पर्चा पनि फेला परेको छ ।

पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल ।’

शङ्कास्पद बस्तु फेला परेको स्थानलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ भने आबश्यक भएमा नेपाली सेनाको बम डिस्पोजल टोली पनि बोलाइने प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्