मुख्यमन्त्री बन्नुअघि नै लुम्बिनीमा मन्त्रालय बाँडफाँट

शुक्रबार, चैत २३, २०८०
honor mob  winter sales

भालुबाङ(दाङ )। मुख्यमन्त्री नियुक्त नहुँदै लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डा गरेको छ।

Honor x7 pad

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने सहमति गर्दै सत्ता गठबन्धनले नेकपा एमालेलाई ४ वटा मन्त्रालय दिने सहमति गरेको छ।

त्यस्तै गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) लाई २ , नेकपा एकीकृत समाजवादी( नेकपा एस), र एक स्वतन्त्र सांसदलाई १-१ मन्त्रालय दिने भएको हो।त्यसैगरि माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्रालय पाउने भएको छ।

सहमति अनुसार जसपाले शहरी विकास र कृषि  मन्त्रालय दिने बताइएको छ। अन्य दलले कुन-कुन मन्त्रालय पाउने बारेमा खुलाइएको छैन ।

महरालाई एमालेका २९, जसपाका ३, नेकपा एसबाट १ र १ स्वतन्त्रका साथै माओवादीका १० सांसद गरि ४४ जना सांसदको समर्थन रहेको छ।

सहमतिपत्र-

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्