लुम्बिनीको मुख्यमन्त्री बन्न माओवादीका महराले बुझाए बहुमतसहितको हस्ताक्षर

शुक्रबार, चैत २३, २०८०
Honor 600 pro

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजिनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि मुख्यमन्त्रीको दाबी गर्दै बहुमतसहितको हस्ताक्षर बुझाइएको छ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले आज बिहान नयाँ मुख्यमन्त्रीका लागि बहुमतसहितको हस्ताक्षर बुझाएका छन् ।

महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमतसहितको हस्ताक्षर बुझाएका हुन् । महरालाई नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एस र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्