प्रधानमन्त्री प्रचण्ड इटली जाने

बुधबार, साउन ३, २०८०
honor mob  winter sales

काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इटली भ्रमण  स्वीकृत गरेको छ ।

Honor x7 pad

प्रधानमन्त्री  संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन जान लागेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन।

कार्यक्रममा  कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत जाने प्रवक्ता शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री साउन ६  गते इटली प्रस्थान गर्नेछन्  भने एक हप्तापछि स्वदेश फर्किने छन् ।

 

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्