आज ५ वटा संसदीय समितिको बैठक

शुक्रबार, चैत २३, २०८०
Honor 600 pro

काठमाडौं । आज प्रतिनिधि सभातर्फका ५ वटा संसदीय समितिको बैठक बस्दैछ। बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।

उक्त बैठकमा बाल सुधार गृहहरुको व्यवस्थापन तथा सुधारका बारेमा सम्बन्धित मन्त्रालयले गर्दै आएको कामको बारेमा छलफल हुनेछ।

त्यस्तै ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दैछ। त्यस बैठकमा केही ऐन संशोधन गर्न बनेको विधेयकका बारेमा वन तथा वातावरण मन्त्रालय , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , उर्जा मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ।

आज बिहान ११ बजे बस्ने अर्को विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार )पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ।

त्यसतै दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ।

आज बिहान ८ बजेदेखि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बसिरहेको छ। 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्