Dashain Banner
Dashain Banner

भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० अन्तर्गत नेपाल आज बरोडासँग खेल्दै

शुक्रबार, चैत २३, २०८०

काठमाडौं ।  भारतमा जारी एसएमएस फ्रेन्डसिप कप २०२४ टी–२० क्रिकेट अन्तर्गत नेपालले आज बरोडासँग खेल्दैछ।  लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरिसकेको नेपालले आज लिग चरणको अन्तिम खेल गुजरातविरुद्द खेल्न लागेको हो। 

नेपालले यसअघिका दुई खेलमा गुजरातलाई ८ विकेट र ८ रनले पराजित गरेको थियो। त्यस्तै नेपालले बरोडालाई पनि पहिलो खेलमा २७ रनले पराजित गरिसकेको छ। प्रतियोगिताबाट बाहिरिसकेको बरोडाले आफ्नो अन्तिम खेल  नेपालसँग पौने ३ बजे खेल्नेछ

आज नेपालले बेन्चमा बसेका ललित राजवंशी र आकाश चन्दलाई आज मौका दिन सक्ने सम्भावना रहेको छ।

आगामी साता ओमानमा एसीसी प्रिमियर कप टी-२० हुँदैछ। उक्त प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल अहिले अभ्यासका क्रममा भारतमा छ। फाइनलमा पुगिसकेको नेपालले आइतबार फाइनल गुजरातविरुद्द खेल्नेछ ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्