सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

बिहीबार, चैत २२, २०८०
honor mob  winter sales

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा आज विश्वासको मत लिने तयारीमा रहेका शाहले आज साँझ प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका हुन्।

Honor x7 pad

मुख्यमन्त्री शाहले आज दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउने वातावरण बनाउन प्रदेश सभा बैठक ५ बजेसम्म सारिएको थियो।

माओवादी र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले विश्वासको मत फेरि लिनुपर्ने भएको हो। अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेको बुझिएको छ। उनले राप्रपालाई मनाउने प्रयास गरे पनि नाउपाको विवादका कारण उनको आवश्यक मत नपुग्ने भएको हो।

सत्तारूढ दल नाउपाका २ सांसद विश्वासको मतको विपक्षमा देखिएकाले मुख्यमन्त्री शाहले विश्वासको मतको लागि आवश्यक २७ मत पाउन सक्ने सम्भावना टरेको हो।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका एक एक प्रदेशसभा सांसद रहेका छन्।

 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्