लुम्बिनीका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा

बिहीबार, चैत २२, २०८०
honor mob  winter sales

दाङ । विश्वासको मत पाउने भन्दै ढुक्क भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । 

Honor x7 pad

नयाँ सत्तासमीकरण बनेपछि नेकपा माओवादी केन्द्रले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने हुँदा आज राजीनामा दिएका हुन।

आज विश्वासको मत लिने भनेर प्रदेश सभा बोलाएका मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि  पदबाट राजीनामा दिएका हुन् ।

यसअघि ८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) एक सांसद निलम्बनमा पर्दा अहिले लुम्बिनीमा ८६ सांसद छन् । चौधरीले विश्वासको मत प्राप्त गर्न ४४ सांसदको समर्थन आबश्यक छ।

मुख्यमन्त्री चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ।

तर अब एमालेसहितका दलहरुले माओवादी केन्द्रका जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गरिसकेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्