वाइडबडी जहाज खरिदमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्द भ्रष्टाचार मुद्दा दायर

बिहीबार, चैत २२, २०८०
Honor 600 pro

काठमाडौं । नेपाल वायुसेवाका लागि दुई वटा वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गर्दै ३२ जनाविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले आज नेपाली कांग्रेसका कर्णाली प्रदेश सांसद एवं  तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर  अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शाहीविरुद्द अख्तियारले अदालतमा मुद्दा दायर गरेसँगै सांसद पद स्वत: निलम्बनमा परेको छ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्