कांग्रेसबाट इलाम-२ मा खड्का र बझाङमा सिंह उम्मेदवार

बिहीबार, चैत २२, २०८०
honor mob  winter sales

काठमाडौं । इलाम-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले डम्बरबहादुर  खड्कालाई उम्मेदवार बनाउने भएको छ। आज पार्टी सभापति शेरबहादुर निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाममा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

Honor x7 pad

त्यसैगरी प्रदेश सभातर्फको उपनिर्वाचनका लागि कांग्रेसले बझाङ-१ (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले इलाम-२ मा भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेको भएपनि संस्थापन पक्षले खड्कालाई उम्मेदवार बनाउने निर्णय लिएको हो।

डम्बर खड्का २०७९ को मङ्सिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए। बझाङका सिंह स्व. पृथ्वीबहादुर सिंहका छोरा हुन् । उनको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। त्यस्तै इलाम-२ नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन हुँदा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्