इलाम-२ मा माओवादीले उम्मेदवारी नदिने, एमालेका सुहाङलाई सघाउने

बिहीबार, चैत २२, २०८०
honor mob  winter sales

इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिने भएको छ।यही वैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको हो।

Honor x7 pad

माओवादीको निर्णय अनुसार सत्ता गठबन्धन दलबाट छुट्टै उम्मेदवारी दिएको एमालेबाटका उम्मेदवार सुहाङ नेम्वाङलाई इलाम-२ मा सघाउन लागेको हो। यसअघि माओवादीबाट उम्मेदवार बनेका धिरेन्द्र शर्माको नाम फिर्ता गर्न लगाएर एमालेलाई सघाउन लागेको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल पश्चात् माओवादीले इलाम-२ मा एमालेलाई सघाउनए भएको हो।

इलाम-२ मा एमालेबाट स्व.सुवासचन्द्र नेम्वाङ पुत्र सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) बाट लक्ष्मी गुरुङ , जीतबहादुर राई नेकपा एसबाट , सिके राउतको जनमत पार्टीबाट प्रेमदीप थाम्सुहाङ र पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेदवार बनेका छन् ।

तर, अहिलेसम्म सबैभन्दा ठुलो दल नेपाली कांग्रेसबाट उम्मेदवारको नाम टुंगो लाग्न सकेको छैन ।

उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्