पक्राउ परेका गायक राजेश पायल राई रिहा

बिहीबार, चैत २२, २०८०
Honor 600 pro

काठमाडौं । मादक पदार्थ (मापसे) सेवन गरि होहल्ला गरेको आरोपमा पक्राउ परेकागायक राजेश पायल राई छटेका  छन् ।

आज बिहान साढे १ बजेतिर थापागाउँस्थित मदन भण्डारी कलेज अगाडि मापसे गरेर होहल्ला गर्दै हिंडेका गायक राईसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो।

सडकमा होहल्ला गर्दै गरेको अवस्थामा स्थानीय प्रहरीलाई खबर गरेपछि नयाँ बानेश्वर प्रहरी वृत्तको टोलीले गायक राईसहित तीन जनालाई नियन्त्रणमा लिएको  थियो। 

आज बिहान गायक राईसहित तीन जनालाई आफन्तको जिम्मा लगाएर रिहा गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्