वैदेशिक रोजगारीबाट फर्केको ४ दिनमै श्रीमतीको हत्या

बिहीबार, चैत २२, २०८०
Honor 600 pro

दमक । वैदेशिक रोजगारीबाट फर्केर आएको ४ दिनपछि एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । झापाको बाह्रदशी-१ का ३३ वर्षीय देवनारायण राजवंशीले आफ्नै श्रीमती ममसरी राजवंशीको खुकुरी प्रहार गरि हत्या गरेको झापा प्रहरीले जानकारी दिएको छ।

आज बिहान साढे ६ बजे देवनारायणले ३३ वर्षीया श्रीमती ममसरीको खुकुरी प्रहार गरि हत्या गरेपछि तत्काल उनलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो।

देवनारायण वैदेशिक रोजगारीमा गएर ४ दिनअघि मात्र झापा फर्किएको प्रहरीले जनाएको छ। देवनारायणले श्रीमती अर्कैसँग लागेको विषयले कारण हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका देवनारायणलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्