लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, जुट्ला त समर्थन ?

बिहीबार, चैत २२, २०८०
Honor 600 pro

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैछन् । आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

गत बैशाख १४ गते नेपाली कांग्रेस संसदीय दलका नेता चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चौधरीले आफ्नो पक्षमा समर्थन जुटाउन साना दलहरुसँग कसरत गरिरहेका छन् । 

यसअघि ८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) एक सांसद निलम्बनमा पर्दा अहिले लुम्बिनीमा ८६ सांसद छन् । चौधरीले विश्वासको मत प्राप्त गर्न ४४ सांसदको समर्थन आबश्यक छ।

लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४-४ सांसद हुँदा जनता समाजवादी पार्टी र  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ३-३ सांसद छन् । त्यस्तै  ,राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्रबाट १-१ जना सांसद छन् ।

यता माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले आफुलाई ५१ सांसदको समर्थन जुटिसकेको बताएका छन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्