मापसे गरेर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

बिहीबार, चैत २२, २०८०
Honor 600 pro

काठमाडौं । मादक पदार्थ (मापसे) सेवन गरि होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ परेका छन् । 

गायक राईसहित तीन जनालाई मापसे गरेर होहल्ला गर्दै गरेको अवस्थामा काठमाडौंको थापागाउँस्थित  मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

उनीहरुले मापसे गरेर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। प्रहरी होहल्ला नगर्न आग्रह गर्दा अटेरी गरेपछि पक्राउ गरिएको परिसरले जनाएको छ।

राति उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा लगिएको थियो। गायक राईसहित पक्राउ परेका तीन जनालाई आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

गए राति काठमाडौंमा धेरै जसो स्थानमा मापसे गएर होहल्ला गर्दै हिंडेका १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर धेरैजसो लाई आफन्तको जिम्मा लगाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह