प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

बुधबार, साउन ३, २०८०
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदै छन् ।

Honor x7 pad

गत असार २७ गते पत्नी सीता दाहालको स्वर्गारोहणपछि पहिलो औपचारिक कार्यक्रमहरूमा सहभागी हुँन प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे गोरखा जाँदैछन्।

प्रधानमन्त्री प्रचण्डले आज बूढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्न उनी गोरखा जान लागेका हुन् । 

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको गोरखाको सिउरेनीटारमा सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्रीले आज उद्घाटन गर्न लागेका हुन्।

 

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्