राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

बुधबार, चैत २१, २०८०
Honor 600 pro

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते हुने भएको छ। 

नयाँ सत्ता गठबन्धन बनेसँगै नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पाएपछि सोही दलकी उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नारायणप्रसाद दाहाल अध्यक्ष बनेपछि अर्को दललाई उपाध्यक्ष दिने सहमति बन्दा अर्यालले राजीनामा दिएकी हुन् ।

अब सत्ता गठबन्धनको कुन दलले उपाध्यक्षको उम्मेदवार बनाउने भन्ने बारेमा निर्णय लिइसकेको छैन ।

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्